About Us
पृष्ठभुमि -Background_
नेपाल सरकारको आर्थिक वर्ष २०७५/७६ को बजेट बक्तव्यमा नेशनल ट्रेडिङ लिमिटेडलाई नेपाल खाद्य संस्थानमा गाभी राष्ट्रिय आपूर्ति कम्पनी गठन गर्ने कुरा उल्लेख भएको । उक्त बजेट बक्तव्यमा उल्लिखित नीति कार्यान्वयनको क्रममा मिति २०१८ चैत्र १८ गते स्थापित नेशनल ट्रेडिङ लिमिटेड र मिति २०२१ मंसीर १७ गते स्थापित नेपाल खाद्य संस्थानलाई गाभेर नयाँ सरकारी कम्पनीका रुपमा “खाद्य व्यवस्था तथा व्यापार कम्पनी” गठन गर्ने नेपाल सरकार मन्त्रिपरिषद) को मिति२०७६/०२/१० को निर्णय अनुसार मिति २०७६ श्रावन २८ गते कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भई औपचारिक रुपमा “खाद्य व्यवस्था तथा व्यापार कम्पनी” स्थापना भएको छ ।
दीर्घकालीन सोंच -Vision_
खाद्यान्न लगायतका अत्याबश्यकीय उपभोग्य वस्तुको सहज र सुलभ आपूर्तिमा बजार निर्माताको भूमिका खेल्न सक्ने एक सक्षम व्यवसायिक संस्थाको रुपमा स्थापित हुने ।
परिलक्ष्य -Mission_
खाद्य संकटग्रस्त क्षेत्र तथा विपन्न जनताको खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्दै प्रतिस्पर्धात्मक वातावरणमा गुणस्तरीय खाद्यान्न लगायतका अत्याबश्यकीय उपभोग्य वस्तु तथा सेवाको सहज र सुलभ आपूर्तिमा बजार निर्माताको भूमिका खेली व्यवसायिक रुपमा सक्षम संस्थाको रुपमा स्थापित हुने ।
उद्देश्यहरु -Objectives_
(क) खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्ने ।
(ख) किसानको उत्पादन र स्वदेशी उद्योगले प्रोत्साहन पाउने तथा उपभोक्ताले प्रतिस्पर्धी मुल्य एवं गुणस्तरका अत्याबश्यक वस्तु सहज र सुलभ रुपमा प्राप्त गर्न सक्ने गरी बजार निर्माताको भूमिका खेल्ने ।
(ग) उपलब्ध श्रोत साधनको अधिकतम उपयोग तथा व्यवसायिक क्रियाक्लाप विस्तार र विविधिकरण गर्दै दिगो आय आर्जन गर्ने ।
(घ) अत्याबश्यक वस्तु तथा सेवाको माग र आपूर्तिका तथ्याङ्कीय आधार तयार गरी नीति निर्माण गर्न आवश्यक सहयोग पुर्याउने ।
(ङ) कम्पनीलाई व्यवसाय–उन्मुख एवं उत्तरदायी बनाउने ।
रणनीतिहरु -Strategies)
(क) खाद्य सुरक्षाको सुनिश्चिततामा योगदान गर्ने उद्देश्य अन्तर्गत :
- देशमा उत्पन्न हुन सक्ने खाद्य संकटको बेला प्रयोग गर्ने गरी रणनीतिक स्थानहरुमा सुरक्षित भण्डारणको व्यवस्था तथा प्रभावकारी मौज्दात व्यवस्थापन सहित राष्ट्रिय खाद्य सुरक्षा र सार्क खाद्य सुरक्षाको लागि तोकिएको परिमाणमा अत्याबश्यक खाद्य वस्तुको मौज्दात -Buffer Stock_ राख्ने ।
- देशका खाद्य संकटग्रत क्षेत्र र विपन्न जनताको खाद्य सुरक्षाका लागि बितरण प्रणालीलाई सुदृढ गर्दै आबश्यक खाद्य वस्तु सम्बन्धित स्थान/क्षेत्रमा समयमैं ढुवानी गरी बिक्री वितरण वा आपूर्ति गर्ने,गराउने ।
(ख) किसानको उत्पादन र स्वदेशी उद्योगले प्रोत्साहन पाउने तथा उपभोक्ताले प्रतिस्पर्धी मुल्य एवं गुणस्तरका अत्याबश्यक वस्तु सहज र सुलभ रुपमा प्राप्त गर्न सक्ने गरी बजार निर्माताको भूमिका खेल्ने उद्देश्य अन्तर्गत :
- खाद्य सुरक्षाका लागि सुरक्षा भण्डारणमा राख्नुपर्ने, मूल्य स्थिरीकरणका लागि प्रयोग गर्नुपर्ने र व्यवसायिक प्रयोजनका लागि आबश्यक पर्ने खाद्य तथा अन्य वस्तुहरु खरिद तथा प्राप्त गर्ने ।
- आधुनिक गोदामको व्यवस्था गरी त्यसमा किसानका उत्पादनहरुले अपेक्षित मूल्य नपाउँदासम्म भाडामा राखिदिने र त्यस्ता गोदाममा राखिएका वस्तु किसानले बिक्री गर्न नसके कम्पनीले खरिद गरिदिने व्यवस्था गर्ने ।
- कम्पनीसंग उपलब्ध खाद्य लगायतका अन्य वस्तुहरु कुटानी÷उत्पादन वा प्रशोधन/प्याकेजिङ गरी सुरक्षित भण्डारण गर्ने, गुणस्तर कायम राख्ने,
- कम्पनीका खाद्य तथा अन्य वस्तु उपभोक्तालाई प्रतिस्पर्धी वा सूपथ मूल्यमा बिक्री, बितरण वा आपूर्ति गर्ने व्यवस्था मिलाउने ।
- भौगोलिक तथा जलवायु विविधता अनुरुप उत्पादन हुने तुलनात्मक लाभका वस्तुहरु पहिचान गरी सोको वजारीकरण गरी विक्री वितरण गर्ने ।
- देशमा अत्याबश्यक वस्तुको आपुर्ति व्यवस्थालाई सहज र सन्तुलित बनाई राख्ने कार्यमा बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग र आपुर्ति व्यवस्थासंग सम्बन्धित नेपाल आयल निगम, साल्ट ट्ेडिड. कम्पनी, दुग्ध विकास संस्थान जस्ता सरकारी निकायहरुसंग समन्बय र सहकार्य गर्ने ।
(ग) उपलब्ध श्रोत साधनको अधिकतम उपयोग तथा व्यवसायिक क्रियाक्लाप विस्तार र विविधिकरण गर्दै दिगो आय आर्जन गर्ने उद्देश्य अन्तर्गत :
- कम्पनीको स्वामित्वमा रहेका घरजग्गा जस्ता अचल सम्पत्तिको अध्यावधिक विबरण तयार गरी संरक्षण गर्ने एवं उपयुक्त विधि (सरकारी निजी साझेदारी समेत)वाट अधिकतम उपयोग गरी नियमित र दिगो आय आर्जनको व्यवस्था मिलाउने ।
- जीर्ण अवस्थाका गोदामहरुको मर्मत सम्भार र पुनः निर्माण गरी गोदामको क्षमता अभिवृद्धि गर्ने,
- विक्री वा निकासी सम्भाव्य खाद्य तथा अन्य तुलनात्मक लाभका वस्तुहरु पहिचान गर्ने र निजी क्षेत्र प्रबेश नगरेको वा प्रबेश गर्न नसक्ने क्षेत्रहरु पहिचान गरी त्यस्ता क्षेत्रका वस्तु वा सेवाको व्यवसायिक कारोबार गर्ने,
- समयसापेक्ष प्याकेजिङ र ब्राण्डिङमा जोड दिंदै व्यापार विविधिकरण र निरन्तर बजारीकरणमा जोड दिने ।
- आफ्ना ब्राण्डका उत्पादनहरु राष्ट्रिय अन्तरराष्ट्रिय वजारमा पुर्याई बिक्री वितरण गर्न उपयुक्त सन्जाल वा माध्यम (Network) को विकास गर्ने ।
- विद्युतीय व्यापार -e-commerce_ को प्रयोग गर्ने, सहायक कम्पनी खोली व्यवसायिक कारोबार विस्तार गर्ने आबश्यकतानुसार ख्याति प्राप्त कम्पनी वा वस्तुको फ्रेन्चाइज वा एजेन्सी लिएर कारोबार गर्ने गरी व्यवसायिक क्रियाक्लाप विस्तार एवं बिक्री प्रबर्धन गर्दै आय आर्जन बढाउँदै लैजाने ।
(घ) अत्याबश्यक वस्तु तथा सेवाको माग र आपूर्तिका तथ्याङ्कीय आधार तयार गरी नीति निर्माण गर्न आवश्यक सहयोग पुर्याउने उद्देश्य अन्तर्गत :
- देशमा भौगलिक क्षेत्रगत वा प्रदेशगत वा जिल्लागत अत्याबश्यक वस्तु तथा सेवाको उत्पादन तथा पैठारी, माग तथा आपुर्ति र मूल्य स्थितिको अभिलेख राख्ने, त्यस्तो सूचनाको अभिलेख अध्यवधिक गरी विश्लेषण गरेर सार्वजनिक गर्ने, गराउने ।
- अत्याबश्यक वस्तु तथा सेवाको उत्पादन तथा पैठारी, माग तथा आपुर्ति र मूल्य स्थितिको अध्ययन र उपलब्ध तथ्यांकका आधारमा आफ्ना कारोबारहरुलाई निर्देशित गर्ने, गराउने ।
- तालुक मन्त्रालयलाई राष्ट्रिय आपुर्ति तथा बाणिज्य नीति र योजना तर्जुमा, कार्यान्वयन र मुल्याकंनमा र खाद्य लगायतका अत्याबश्यक वस्तु तथा सेवाको मुल्य सुची निर्धारणमा सुझाव र सहयोग गर्ने ।
(ड.) कम्पनीलाई व्यवसाय–उन्मुख एवं उत्तरदायी बनाउने उद्देश्य अन्तर्गत :
- प्रादेशिक संरचना अनुकूल, समसामयिक, व्यवसाय–उन्मुख, चुस्त र उत्तरदायी बनाउने ।
- निजी क्षेत्रसंग प्रतिस्पर्धा गरी पूर्ण व्यापारिक एवं व्यावसायिक संस्थानको रुपमा स्थापित हुनका लागि आबश्यक नीति, नियम वा विनियम, कार्यविधिहरु, निर्देशिकाहरु बनाउदै वा सुधार गर्दै जाने ।
- कम्पनीका कर्मचारीको क्षमता अभिबृध्दि गर्ने, गराउने र आबश्यकता अनुसार विषयगत क्षेत्रका विज्ञहरुको सेवा समेत लिने ।
- व्यवसायिक सफलताको लागि अध्ययन, अनुसन्धान र नयाँ प्रविधिको अन्वेशन गर्ने कार्य निरन्तर जारी राख्ने र अन्तराष्ट्रिय असल अभ्यासको आबश्यकतानुसार अनुसरण गर्ने ।
- कम्पनीको मूल कार्यक्षेत्रसंग सम्बन्धित क्षेत्रका अन्तराष्ट्रिय संघ संस्थाहरुसंग सम्पर्क बढाई कम्पनीको हितमा आबश्यक सहयोग लिने दिने ।
- कम्पनीको काम कारवाहीमा सूचना प्रविधिको प्रयोग, आन्तरिक नियन्त्रण प्रणालीको सुदृढीकरणर सुशासन सुदृढ गरी कम्पनीलाई उत्तरदायी सक्षम व्यवसायिक संस्था बनाउने ।
हरेक रणनीति अन्र्तगत कार्यनीतिहरु तयार गरी कार्यान्यन कार्ययोजना सहित अगाडि वढ्नेपृष्ठभुमि -Background_